Logo बुधवार, श्रावण १३ गते २०८३
  • fnjrupandehi1@gmail.com

शोक वक्तब्य

शोक वक्तब्य


                                                           शोक वक्तब्य

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी, बरिष्ठ पत्रकार बसन्त पोखरेलको २०७९ साउन ३१ गतेका दिन रुपन्देही बुटवल उपमहानगरपालिका १३ बेल्बास निवासमा ६८ बर्षको उमेरमा भएको निधनले हामी स्तब्ध भएका छौं । 


निष्ठा, निडर र इमान्दारीताका साथ २०३५ सालबाटै सक्रिय पत्रकारिता गरेका पोखरेलको निधनले पत्रकारिता क्षेत्रले ठूलो क्षती व्यहोर्नुपरेको छ ।  विस २०११ साल भदौ ५ गतेका दिन प्यूठान जिल्लाको दाखाक्वाडीमा वुवा तिलकराम पोखरेल र आमा गोमादेवी पोखरेलको माईलो सन्तानका रुपमा पोखरेलको जन्म भएको थियो। जीवनको अन्तिम समयसम्म पनि पोखरेलले सक्रिय पत्रकारिता गर्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रता र पत्रकारिताको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ । सामाजिक रुपान्तरण र परिवर्तनका पक्षमा कलम कलम चलाउदा पोखरेलले प्रहरी हिरासतमा समेत बस्नुपरेको थियो । उहाँको चोटिलो लेखन शैली र सम्पादकीय क्षमतालाई रुपन्देहीको पत्रकारिताले कहिल्यै बिर्सन सक्दैन । 


विचार, लुम्बिनी दूत, दैनिक निर्णय, जनादेश, दैनिक लुम्बिनी, भावना दैनिक, दैनिकपत्र, जनसंघर्ष, सूचना, ज्वाला, लालकलम जस्ता पत्रपत्रिकामा संवाददाता र सम्पादकीय भूमिका रहेर काम गर्नुभयो । हाल बुटवल टुडे दैनिकमा सल्लाहकार सम्पादकका रुपमा कार्यरत रहनुभएका पोखरेलको निधनले रुपन्देही र सिंगो राष्ट्रले एक कर्मठ र जुझारु पत्रकार गुमाएको छ ।

पोखरेल केहि समयदेखि स्वास्थ्यमा समस्या आएकाले उपचाररत हुनुहुन्थ्यो । स्व. पोखरेलका श्रीमती माधवी पोखरेल, छोराहरु प्रवाश पोखरेल, प्रशान्त पोखरेल र छोरी सुनगाभा पोखरेल हुनुहुन्छ ।  शोकको यस घडीमा स्व. पोखरेलप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । 

 

मिति - २०७९ साउन ३१ गते

विनोद परियार 
 सचिव