उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ सम्बन्धी सूचना
बुटवल उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको सहकार्यमा स्थापना गरिएको “उत्कृष्ट पत्रकारिता पुरस्कार” २०८२ का लागि योग्य पत्रकारहरूबाट आवेदन आह्वान गरिएको छ। पुरस्कार सम्बन्धि निर्देशिकाअनुसार, पत्रकारिता क्षेत्रमा सक्रिय भई कम्तीमा ५ वर्ष कार्यअनुभव भएका तथा विगत १ वर्ष (२०८२ वैशाखदेखि २०८२ चैतसम्म) भित्र पत्रकारितासँग सम्बन्धित समाचार, रिपोर्ट, फिचर, लेख, अडियो वा भिडियो सामग्री प्रकाशन/प्रसारण गरेका नेपाल पत्रकार महासंघ रूपन्देहीका सदस्य पत्रकारहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकहरूले आफ्नो प्रकाशित/प्रसारित सामग्रीको हार्डकपी/अडियो तथा भिडियो सामग्रीको हकमा स्क्रिप्टसहित(कम्तीमा ५ वटा सामग्री) का कागजातहरू संलग्न गरी २०८३ बैशाख १७ गतेभित्र नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको कार्यालयमा आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
सचिव
नेपाल पत्रकार महासंघ, रुपन्देही