Logo बुधवार, श्रावण १३ गते २०८३
  • fnjrupandehi1@gmail.com

खेलकुद पत्रकारिता पुरस्कार २०८२ सम्बन्धी सूचना

खेलकुद पत्रकारिता पुरस्कार २०८२ सम्बन्धी सूचना
खेलकुद पत्रकारिता पुरस्कार २०८२ सम्बन्धी सूचना
नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार २०८२ वितरणका लागि महासंघको २०८२ माघ १५ गते बसेको कार्यसमितिको निर्णयानुसार २०८१ फागुन १ गतेदेखि २०८२ फागुन २८ गतेसम्म तपशीलमा उल्लेखित मापदण्ड पूरा गरी प्रकाशित/प्रसारित भएका कम्तीमा पँ“चवटा समाचार सामग्री सहित आवेदन पेश गर्न सूचित गरिन्छ।
२०८२ चैत्र ६ गतेभित्र नेपाल पत्रकार महासंघ रुपन्देहीकोे कार्यालयमा हार्डकपी सहित आवेदन पेश गर्नुहुन नेपाल पत्रकार महासंघ रुपन्देहीमा आवद्ध पत्रकारहरुलाई आह्वान गरिन्छ ।
मापदण्डहरु
१. आवेदक नेपाल पत्रकार महासंघ रुपन्देहीको लगातार ५ वर्षदेखि सदस्य भई रुपन्देहीमा कार्यरत रहेको पत्रकार हुनुपर्नेछ ।
२. खेल विधास“ग सम्बन्धित औपचारिक बाहेकका समाचार वा लेख रचना पत्रपत्रिका, टेलिभिजन, एफएम, रेडियो वा अनलाइन माध्यममा प्रकाशित वा प्रशारित भएकाकम्तीमा ५ वटा समाचारको प्रकाशित वा प्रशारित प्रति निवेदन सहित पेश गर्नुपर्नेछ ।
संयोजक
पुरस्कार मूल्याङ्कन समिति
खेलकुद पत्रकारिता पुरस्कार २०८२
नेपाल पत्रकार महासंघ, रुपन्देही