शोक वक्तव्य
नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को निधन भएकोमा हामीलाई दुःख लागेको छ। साढे दुई दशक अघिदेखि पत्रकारिता गर्दै आउनुभएका ५४ वर्षीय ज्ञवालीको उपचारका क्रममा २०८३ जेठ ३१ गते आइतबार बिहान निधन भएको थियो।
उहाँको निधनले नेपाली पत्रकारिता जगतमा अपुरणीय क्षति पुगेको हामीले महसुस गरेका छौं। शोकको यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनमा यो कठिन घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
सी.पी खनाल
सचिव