नेपाल पत्रकार महासंघ रुपन्देहीमा पाण्डेको नेतृत्वमा कार्यसमिति निर्वाचित
रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा दिनेश पाण्डेको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ। २९ मंसिर २०८१ मा भएको निर्वाचनमा पाण्डेले ९५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद परियारले ७७ मत र अमृता अनमोल पाण्डेले ५९ मत ल्याएका थिए ।
उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित भएका थिए। महिला उपाध्यक्षमा मिना पाण्डे (अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गरेका थिए। सचिवमा सीपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कपिल अधिकारीले ८५ मत प्राप्त गरे ।
सहसचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी भए भने उनका प्रतिस्पर्धी टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसैगरी सहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत ल्याए ।
त्यसैगरी कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिता चौधरी १४८, दलित सदस्यमा कृष्ण रणपाल १४६, आदिवासी जनजाती सदस्यमा नरेश चौधरी १४२, मधेशी सदस्यमा हृदयराम गुप्ता १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे १५२, डिवि सुस्लिङ ११४, दिनेश कुमार श्रेष्ठ ११६, भुवन जिसी १२०, रविन्द्रप्रताप गुप्ता १३४, रामप्रसाद भण्डारी १३२, ललितकुमार पाण्डे १४६, सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गरेका थिए । उनी यस अगाडिको निर्वाचनमा रामराज पोखरेलसँग अध्यक्षमा पराजित भएका थिए । निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पाण्डेले महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउने र यसको गरिमालाई अझ उचो बनाउन प्रयन्त गर्ने बताउँदै पत्रकारहरुको हक हित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए ।