उत्कृष्ट शाइन आर्थिक पत्रकारिता पुरस्कार २०८१ सम्बन्धी सूचना
नेपाल पत्रकार महासंघ रुपन्देही र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बीचको सहकार्यमा स्थापित ‘उत्कृष्ट शाइन आर्थिक पत्रकारिता पुरस्कार २०८१’ छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मुल्याङ्कन समितिको बैठकले पुरस्कार छनोट गर्न समाचार सामग्री माग गर्ने निर्णय गरेको हुँदा २०८० फाल्गुणदेखि २०८१ माघसम्म प्रकाशन तथा प्रशारण भएका बैंकिङ्ग क्षेत्र लगायत आर्थिक क्षेत्रको बारेमा (समाचार, रिपोर्ट, फिचर (अडियो÷भिडियो÷छापा र अनलाईनमा प्रकाशन÷प्रशारण भएका औपचारिकबाहेकका) कम्तिमा ५ वटा समाचार सामग्रीसहित नेपाल पत्रकार महासंघ, रुपन्देहीको कार्यालयमा २०८१ फाल्गुन ६ गतेसम्म पेश गर्नुहुन पत्रकार महासंघ रुपन्देहीमा आबद्ध सम्पूर्ण पत्रकारहरुलाई सूचित गरिन्छ ।
संयोजक
पुरस्कार मुल्याङकन समिति
उत्कृष्ट शाइन आर्थिक पत्रकारिता पुरस्कार
।